काठमाडौं । पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार गर्नुपर्ने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सव कार्यक्रमको आइतबार उद्धघाटन गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।
हिजो लगानी गर्दा केही कमीकमजोरी भएको छ भने त्यसलाई समीक्षा गर्नुपर्ने उनले बताए ।अर्थमन्त्री पुनले कोषको विज्ञ सञ्चालक, कोष व्यवस्थापकले सो विषयमा काम गर्ने आशा व्यक्त गरे । उनले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनामा ३ खर्बभन्दा बढी लगानी लाग्ने भएकाले उक्त आयोजनामा कोषको सबै फण्ड परिचालन गर्दा पनि नपुग्ने देखिएको बताए ।
उनले भने, ‘सरकारी प्राथमिकताका यस्ता आयोजनामा केही मात्रामा भए पनि कोषले लगानी गर्नुपर्छ । यस प्रकारका आयोजनामा लगानी गर्ने कार्यलाई समेत कोषले प्राथमिकता दिनुपर्छ ।’
१० हजार मेगावाटको विद्युत बजार सम्बन्धमा प्रधानमन्त्रीको भारत भ्रमणका बेला सम्झौता भइसकेको जानकारी दिँदै अर्थमन्त्री पुनले भने, ‘६०० मेगावाट विद्युत बिक्री गर्दा १६ अर्ब रुपैयाँ आएको छ भने १० हजार मेगावाट विद्युत बिक्री गर्न सके ४-५ खर्बको विद्युत् निर्यात गर्न सकिन्छ।’
अर्थमन्त्री पुनले सरकारले प्राथमिकताको क्षेत्र निर्धारण गरेको बताउँदै कोषले पनि त्यस्ता क्षेत्रमा लगानी गर्नुपर्ने धारणा व्यक्त गरे। सेयर बजारसम्बन्धी कार्य गर्ने कोषको क्षेत्र रहेको भन्दै पछिल्लो समय सेयर बजार सुधारतर्फ जान थालेको उनले बताए।
सेयर बजारको क्षेत्रमा सुधार गर्न सरोकारवालासँग सुझाव मागिसकिएको, सेयर बजारमा देखिएको अप्ठ्यारा मापदण्डलाई परिमार्जन गर्ने विषयमा छलफल भइरहेको मन्त्री पुनले बताए । यसमा रहेका नीतिगत समस्यालाई सहज बनाउँदै लगिने उनको धारणा थियो ।
प्रतिस्पर्धी संस्थाहरू हुनु स्वाभाविक भएको भन्दै उनले प्रतिस्पर्धाबाटै उत्कृष्टता आउनेमा जोड दिए । एक्लै दौडेर पहिलो हुनुको खासै अर्थ नहुने भन्दै चार वटा प्रतिस्पर्धी संस्थाबीच पहिलो हुन सक्यो भने मात्रै अर्थ हुने उनले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्