काठमाडौँ । सरकारले पशु बीमा कम्पनीलाई करिब ५० करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । पशु बीमा कम्पनीहरुलाई सहज बनाउनका लागि भन्दै सरकारले उक्त रकम उपलब्ध गराउने भएको हो ।
रकम उपलब्ध गराउनेबारे कृषि तथा पशुपंछी विकास मन्त्री ज्वालाकुमारी साहले जानकारी गराएकी छिन् । सोमबार काठमाडौँको प्रोलिफिक माध्यामिक विद्यालयमा आयोजित दुधपान कार्यक्रममा बोल्दै मन्त्री साहले यस्तो जानकारी गराएकी हुन् । उनले बीमा कार्यलाई सहयोग गर्नका लागि सरकारले उक्त रकम सहयोग गर्न लागेको बताएकी छिन् ।
पशु बीमा कम्पनी चलायमान बनाउन ४८ करोड उपलब्ध गराउने गरी स्वीकृति भइसकेको मन्त्री साहले बताएकी छिन् ।
त्यस्तै, मन्त्री साहले किसानहरुले उत्पादन गरेअनुसार दूधको बिक्री वितरण हुनुपर्नेमा त्यसअनुसार हुन नसकेको भन्दै बिक्री वितरण बढाउन आवश्यक रहेको पनि उल्लेख गरेकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्