×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुनामा मौन बसेको मन्त्रालयले अब आवाज बुलन्द गर्छः मन्त्री श्रेष्ठ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कुनामा मौन बसेको मन्त्रालयले अब आवाज बुलन्द गर्छः मन्त्री श्रेष्ठ

Artha Sarokar

२४ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले ओझेलमा बसेको मन्त्रालयले अब देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने गरी कार्य गर्ने बताएका छन् । बुधबार पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले युवा वर्गका समस्यालाई प्राथमिकतामा राखेर खेलकुद मन्त्रालयलाई अगाढि बढाउने बताएका ।

मन्त्री श्रेष्ठले मन्त्रालयले सबैले थाहा पाउने गरी काम गर्ने उल्लेख गरेका छन् । ‘यो मन्त्रालय कुनामा मौन बसेको मन्त्रालय हो ।’, उनले भने, ‘अब यो मन्त्रालयले आवाज बुलन्द गर्छ । देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउँछ ।’

युवा वर्गमा देखिएको चरम निराशालाई चिरेर युवाको मानसिक स्वास्थ्यसँग जोडिएका समस्या समाधान गर्र्नुपर्नेमा जोड दिएका उनले सबैसँग मिलेर सहकार्य गर्ने बताएका छन् । रास्वपाको संसदीय दलका उपनेता समेत रहेका श्रेष्ठले पहिलो पटक संघीय मन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।

श्रेष्ठ काठमाडौँ क्षेत्र नम्बर ८ बाट निर्वाचित भएका ४२ वर्षीय श्रेष्ठ यसअघि बागमती प्रदेशको प्रदेश सांसदको भूमिकामा थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी