Skip to content
LAXMI SUNRISE BANK

धितोपत्र ब्रोकर एशोसिएसन नेपालको कार्यसमिति सदस्यमा बिष्णु गिरी निर्वाचित

अर्थ सरोकार

काठमाडौं । धितोपत्र ब्रोकर एशोसिएसन नेपाल (डिब्यान) को कार्यसमिति सदस्यमा बिष्णु गिरी निर्वाचित भएका छन् । कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट ४ बर्षका लागि कार्यसमिति सदस्य अधिवत्ता बिष्णु गिरी निर्वाचित भएका हुन् ।

सोमबार काठमाडौँमा भएको साधारण सभाबाट अधिवत्ता गिरी सहित १३ सदस्सीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । इन्दीरा सेकुरिटिज प्रा.लिका सञ्चालक रहेका गिरी पछिल्लो समय कानुन व्यवसायको क्षेत्रमा परिचित नाम हो ।

धितोपत्र ब्रोकर एशोसिएसन नेपालको प्रथम साधारणसभाको उद्धघाटन नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नबराज अधिकारीले गरेका थिए भने नेप्सेका कार्यकारी प्रमुख कृष्ण बहादुर कार्की लगायतको उपस्थती रहेको थियो ।

प्रथम साधारण सभाबाट अध्यक्षमा सागर ढकाल बरिष्ठ उपाध्यक्षमा अंञ्जीव तुलाघर, उपाध्यक्षमा अतित लाल श्रेष्ठ, महासचिबमा कृष्ण गिरी कोषाध्यक्षमा सुमन कुमार मल्ल सदस्यमा अधिवत्ता बिष्णु गिरी लगायत आठ जना सदस्य निर्बाचित भएका हुन् ।

अधिवत्ता गिरीले अनलाईन नबिकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तत्कालीन ओली सरकारले ल्याएको नागरिकता बिधयक सरकारले राष्ट्रपतिले भारतमा गराएको आफ्नो उपचार खर्च दिने सरकारको निर्णय बिरुद्ध सर्बोच्च अदालतमा मुद्धा दर्ता जस्ता जनसरोकारका मुद्धामा सफलता हासिल गरिसकेका छन् ।

मेलमिलाप कर्ता समेत रहेका गिरी पछिल्लो समय कानून सम्बन्धी विभिन्न संघ संस्थाले आयोजना गरेका कार्यक्रममा प्रशिक्षकको रुपमा तालिम समेत दिँदै आएका छन् ।

नवनिर्वाचित सदस्य गिरीसँग लामो पत्रकारिता गरेको अनुभव पनि छ । उनी पत्रकार महासंघको विभिन्न तहमा नेतृत्वदायि भूमिका निर्वाह गरेर काम गरेको अनुभव पनि छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK