×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘निर्माण व्यवसायीको रकम चाँडै भुक्तानी हुनुपर्छ’- अध्यक्ष ढकाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘निर्माण व्यवसायीको रकम चाँडै भुक्तानी हुनुपर्छ’- अध्यक्ष ढकाल

Artha Sarokar

१६ चैत्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। निर्माण व्यवसायीको रकम चाँडै भुक्तानी हुनुपर्ने महासंघका अध्यक्ष ढकालले बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २५औं वार्षिकउत्सव कार्यक्रममा बोल्दै ढकालले निर्माण व्यवसायीहरुले सरकारबाट आफ्नो भुक्तानी चाँडै पाउनुपर्ने धारणा व्यक्त गरेका हुन्।

अध्यक्ष ढकालले देशको विकासका लागि पूर्वाधार विकास सबैभन्दा महत्त्वपूर्ण पक्ष हो भन्ने कुरा सरकारले बुझ्नु पर्ने धारणा व्यक्त गरे ।

हाल राज्यबाट व्यवसायीहरुलाई निर्माण कार्यको अरबौं रकम भुक्तानी गर्न नसकेको हुँदा व्यवसायीहरुले सप्लाई चेन, बैंक किस्ता एवं श्रमिकहरु लगायत करको ठूलो रकम भुक्तानी गर्न नसकी व्यवसायीहरु आर्थिक रुपमा समस्याग्रस्त भएको उनले बताए ।

कार्यक्रममा बोल्दै ढकालले निर्माण व्यवसायीहरुलाई बैंकहरुबाट सजिलैसँग ऋण प्रवाह हुनसक्ने संयन्त्र बनाउनु पर्नेमा पनि जोड दिए । अन्तमा, नेपाल निर्माण व्यवसायी महासंघलाई नेपालमा पूर्वाधार विकासको लागि अटल प्रतिबद्धताको लागि धन्यवाद दिए ।

सो कार्यक्रमको उद्धघाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी