×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चोर्दाचोर्दै पुलिस आएपछि भागेको चोरद्वारा डेढ घण्टापछि फर्किएर त्यही घरमा चोरी !

PRIME CA

चोर्दाचोर्दै पुलिस आएपछि भागेको चोरद्वारा डेढ घण्टापछि फर्किएर त्यही घरमा चोरी !

अर्थ सरोकार

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार

काठमाडौँ । भारतमा चोरी गर्दागर्दै प्रहरी आएपछि भागेको चोर करिब डेढ घण्टापछि फर्किएर पुनः सोही घरमा चोरी गरेको घटना बाहिरिएको छ । भारतको पन्जाब राज्यको जालन्धरमा चोरी गर्दागर्दै प्रहरीले घर घेरेपछि भागेको चोरले प्रहरी फिर्ता भएपछि पुनः सोही घरमा गएर चोरी गरेको हो ।

गुरु गोविन्द सिंह एभेन्यु क्षेत्रको एउटा घरमा दिउँसै पर्खाल नाघेर चोर घरमा प्रवेश गरेको थियो । पर्खाल नाघेर चोर छिरेको देखेपछि छिमेकी प्रहरीमा खबर गरेका थिए ।

त्यसलगत्तै प्रहरीले उक्त घर घेरा हालेको थियो । तर, प्रहरी आएको सुईको पाएको उक्त चोर प्रहरीको आँखा छलेर भागेको थियो । चोर भागेपछि प्रहरी पनि केही बेरमा त्यहाँबाट फिर्ता भएको थियो । तर, प्रहरी फिर्ता गएपछि कपडा फेरेर आएको त्यही चोरले सोही घरमा चोरी गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरी आउँदा र प्रहरी फिर्ता गइसकेपछि भएको चोरी दुवै घटना सिसीटिभी क्यामेरामा कैद भएको छ । हाल भारतीय प्रहरीले उक्त चोरको खोजिकार्य तिव्र पारेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त घरमा के कति चोरी भयो ? भन्नेबारे भने खुलेको छैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: