×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहिदलाई १० लाख दिएर ब्रम्हलुट गर्न पाइँदैनः दिपक सिंह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सहिदलाई १० लाख दिएर ब्रम्हलुट गर्न पाइँदैनः दिपक सिंह

Artha Sarokar

५ चैत्र २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दिपक सिंहले सहिदहरुलाई १० लाख रुपैंयाँ र अन्य सुविधा दिएर ब्रम्हलुट गर्न नपाइने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन् ।

उनले नयाँ सहिदलाई दिने रकम देश निर्माण गर्ने निमार्णकर्ताहरुको बाँकी रकम भुक्तानी गर्न प्रयोग गर्नुपर्ने भन्दै सहिदका नाममा ब्रम्हलुट गर्न नपाइने बताएका छन् ।

‘यसअघिको सरकारले नयाँ सहिद २ हजार ६०१ जनालाई घोषणा गर्यो । १०÷१० लाख दिने भन्ने निर्णय गर्यो । यस्तो कति दिनसम्म चल्छ ?’, उनले भने, ‘त्यो पैसा त्यहा दिनुभन्दा देशको निमार्ण गर्ने निर्माणकर्ताहरुको बाँकी भुक्तानीमा लगाएको खण्डमा निर्माणकर्ताहरु बाँच्छन् । सहिदका नाममा १० लाख र अन्य कुरा दिएर ब्रम्हलुट गर्न पाइँदैन् ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी