×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गा प्रसाईंका ‘बडिगार्ड’को हतियारबारे छानविन गर्न माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दुर्गा प्रसाईंका ‘बडिगार्ड’को हतियारबारे छानविन गर्न माग

Artha Sarokar

१४ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजि पन्तले व्यवसायी दुर्गा प्रसाईंको ‘बडिगार्ड’को हतियारबारे छानविन गर्न माग गरेका छन् । बुधबार राज्य व्यवस्था समितिको बैठकमा सुरक्षा संयन्त्रमाथि प्रश्न उठाउँदै उनले प्रसाईंको ‘बडिगार्ड’ले प्रयोग गरेको हतियारबारे छानविन गर्न माग गरेका हुन् ।

उनले गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्डले बोकेको हतियारको लाइसेन्स दिने प्रावधान नभएको भन्दै छानविन गर्न माग गरेका छन् ।

‘दुर्गा प्रसाईंका सुरक्षा गार्डले बोकेको हतियारका लागि लाइसेन्स दिने प्रावधान छ कि छैन ? संसारमा निहत्था नागरिकको हत्याका घटनाहरुलाई ध्यानमा राखेर हाम्रो सुरक्षा व्यवस्था कडा बनाउनुपर्छ । यस्ता हतियारहरु कति जनालाई दिइएको छ ? कति हजारको संख्यामा छ ?’, गृहमन्त्रीसँग जवाफ माग्दै पन्तले भने, ‘त्यस्ता हतियार फिर्ता दिने विषयलाई गृहले कति गम्भीर रुपमा लिएको छ ?’

त्यस्तै, सांसद पन्तले प्रसाईंलाई दिइएको हतियारको प्रकार हेर्दा हतियारको लाइसेन्स जारी गर्ने नीतिमाथि पुर्नविचार गर्नुपर्ने उल्लेख गरेका छन् । कुनै पनि नागरिकले आफ्नो सुरक्षाका लागि हतियार बोक्नुपर्ने अवस्था नहुनेगरि गृह मन्त्रालयले सुरक्षा प्रबन्ध गर्नुपर्ने पन्तको भनाइ छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी