काठमाडौँ । तलब नपाएको भन्दै रौतहटका शिक्षक अन्दोलित बनेका छन् । तलब सुविधा नपाएको भन्दै रौतहटको फतुवा विजयपुर नगरक्षेत्र अन्तर्गतका विद्यालयका शिक्षकहरु आन्दोलित बनेका हुन् ।
आन्दोलित शिक्षकहरुले चैत १ गते (बिहीबार)देखि हुने भनिएको बार्षिक परीक्षासमेत बहिष्कार गरेका छन् । नगर शिक्षा संयोजक राधेश्याम यादवको अध्यक्षतामा बसेको बैठकले शिक्षक तथा विद्यालय कर्मचारीहरुको हालसम्मको तलब खातामा नआएको भन्दै परीक्षा बहिष्कार गरेर आन्दोलन गर्ने निर्णय गरेको हो ।
फतुवा विजयपुर नगरपालिकामा ३२ वटा विद्यालय छन् । प्रस्तावित सहित ७ मावि, ४ निमावि र २१ वटा प्राथमिक विद्यालयमा गरी कुल २०४ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् । ती ३२ विद्यालयमा कक्षा १ देखि ९ सम्मका झण्डै ६ हजार विद्यार्थी बिहीबारदेखि हुने वार्षिक परीक्षामा सहभागी हुँदैछन् । तर, तलबको विषयले शिक्षकहरुले परीक्षा बहिष्कार गरेपछि विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित भएका छन् ।
यता नगरपालिकाले भने पाँच दिनभित्र शिक्षक र कर्मचारीको तलब निकासा हुने भन्दै परीक्षा सञ्चालन गर्न शिक्षकहरुलाई आग्रह गरिरहेको नगरपालिकाका कर्मचारीहरुले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्