काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा पुगेको छ ।
त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ १९ पैसा र बिक्री दर १४४ रुपैयाँ ८४ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १९ पैसा र बिक्री दर १६८ रुपैयाँ ९४ पैसा रहेको छ ।
यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तो छ अन्य देशको मुद्राको विनिमय दरः