×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रवि लामिछानेले सहकारीको एक करोड रुपैयाँ झ्वाम् पारेको गगन थापाको आरोप

अर्थ सरोकार

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार

PRIME CA

रवि लामिछानेले सहकारीको एक करोड रुपैयाँ झ्वाम् पारेको गगन थापाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेले सहकारीको एक करोड रुपैयाँ झ्वाम् पारेको आरोप लगाएका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले सहकारीमा नक्कली खाता खोलेर रवि लामिछानेले एक करोड रुपैयाँ झ्वाम् पारेको आरोप लगाएका हुन् ।

‘पोखराको सूर्यदर्शन सहकारीमा करिब १९ हजार मानिसको १ अर्ब ३५ करोडभन्दा बढी अपचलन भएको छ ।’ उनले भने ‘पोखरा महानगरको अध्ययनको रिपोर्टमा भन्यो- १०० बढीले नक्कली खाता खोलेर रकम अपचलन गरेका छन् । त्यो रिपोर्टको ७८औं पृष्ठमा के छ भने, यसरी नक्कली खाता खोल्ने मानिसहरु मध्ये एउटा नाम हो रवि लामिछाने।’

उक्त विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले माग गरेका छन् । ‘कसैको धितो छैन, कोहि सहकारीको सदस्य छैन, कुनै प्रक्रिया पुर्याईएको छैन, यसरी रकम अपचलन गरेको एक जनालाई मात्र छोडेर हुँदैन, सबैलाई छोड्नु पर्छ ।’ थापाले भने ‘सरकार यो गर्न तयार हो ? मेरो प्रधानमन्त्रीलाई प्रश्न ।’

थापाले सहकारी ठगीलगायत विभिन्न भ्रष्टाचारका प्रकरणमा जस्तोसुकै ठूला व्यक्ति भए पनि निष्पक्ष अनुसन्धान भई कानुनी कारबाही हुनुपर्नेमा जोड दिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीसम्बन्धी विवादमा मुछिनुभएकाले उनी पदमा रहन उपयुक्त नहुने थापाको भनाइ थियो ।

नेता थापाले उपप्रधानमन्त्री लामिछानेसमेत सूर्यदर्शन र सुप्रिम सहकारीको विवादमा तानिएकाले विवादको छानबिन नहुँदासम्म उनलाई मन्त्री बनाउन नहुने तर्क गरे । ‘उहाँ दोषी हो/होइन हामीलाई थाहा छैन । भोलि छानबिनले प्रमाणित गर्ला तर जो आफैँ मुछिएको छ । उसले कसरी निष्पक्ष अनुसन्धान गर्छ भन्ने प्रश्न उठेको छ’, थापाले भने, ‘सहकारीबाट ठगिएकाहरुको पैसा फिर्ता गराउन हामीले सहज वातावरण गर्नुपर्छ । त्यो वातावरण बनाउनेबारे हामीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफ चाहिएको छ ।’

उनले सदन चलोस् भन्ने आफूहरुको चाहना भएको तर आफूहरुले उठाएको प्रश्नको जवाफ नआएकाले चिन्ता बढेको बताउँदै सुन तस्कारीका घटनामा शक्तिशाली नेताहरूलाई लुकाउने प्रपञ्च रहेछ भन्न यसअघिका प्रतिपक्षका आरोप सही नहोस् भन्ने पनि ध्यानाकर्षण गराए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: