Skip to content
LAXMI SUNRISE BANK

मंगलबार पनि स्थिर रह्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि सुनको मूल्य स्थिर रहेको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख २६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य स्थिर रहेर प्रतितोला एक लाख २५ हजार चार सय रुपैयाँमै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला १४८५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ८ हजार २५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख सात हजार पाँच सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२७३ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK