काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक हजार रुपैयाँले घटेर एक लाख २५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन एक हजार रुपैयाँले घटेर प्रतितोला एक लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १४६५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख सात हजार एक सय ४० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ६ हजार ६ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२५६ रुपैयाँ कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्