×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

PRIME CA

बिहीबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८०० रुपैयाँले बढेर एक लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन ८०० रुपैयाँले बढेर प्रतितोला एक लाख २५ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर प्रतितोला १५१५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ७ हजार ८ सय ५५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ७ हजार ३ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १२९९ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: