×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार

PRIME CA

सोमबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

आइतबार प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५०० रुपैयाँले घटेर एक लाख २४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ५०० रुपैयाँले घटेर प्रतितोला एक लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १५२० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ६ हजार ७ सय ४० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ६ हजार २ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३०३ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: