Skip to content
LAXMI SUNRISE BANK

बुधबार स्थिर रह्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य स्थिर रहेको छ।

मंगलबार प्रतितोला एक लाख २५ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख २५ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य स्थिर रही प्रतितोला एक लाख २४ हजार ६ सय रुपैयाँमै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १५२० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख सात हजार ३ सय ४० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ६ हजार ८ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३०३ रुपैयाँ कायम गरेको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK