×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालीले रोजेको सीमापारीको ‘हाटबजार’, जहाँ हजारौँ नेपाली किनमेल गर्न पुग्छन्… (फोटो-कथा)

PRIME CA

नेपालीले रोजेको सीमापारीको ‘हाटबजार’, जहाँ हजारौँ नेपाली किनमेल गर्न पुग्छन्… (फोटो-कथा)

५ चैत्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । पछिल्ला दिन कैलाली जिल्लासँग सीमा जोडिएको भारतीय भूमीमा सञ्चालन हुने भारतीयत हाटबजार नेपालीको रोजाईमा परेको छ । महिनाको तीन दिन मात्रै सञ्चालन हुने उक्त हाटबजारमा किनमेलका लागि हजारौँ नेपालीहरु पुग्ने गर्छन् । दैनिक उपभोग्य सामाग्रीहरु नेपाली बजारमा भन्दा साह्रै सस्तो मूल्यमा पाउने भएपछि उक्त हाटबजारमा पुग्ने नेपालीहरुको संख्या बढेको हो ।

उक्त हाटबजार कैलालीको हौसलपुर गाउँसँगै सीमा जोडिएको लखिमपुर खिरी, बेलापरसुवा ग्राममा महिनाको तीन दिन लाग्ने गर्दछ ।

नेपाली बजारमा साह्रै महँगो पर्ने सामानहरु पनि उक्त हाटबजारमा सस्तोमा पाइने भएपछि भारतीय हाटबजार कैलाली लगायतका जिल्लाका स्थानीयहरुको रोजाईमा परेको स्थानीय शेर बहादुर थारुले बताएका छन् । थारुका अनुसार हाटबजार लाग्ने दिन उक्त हाटबजारमा नेपालीहरुको थेगिनसक्नु भीड लाग्छ ।

उक्त हाटबजारबाट नेपालीहरुले माछा, मासु, अण्डा, आलु, प्याज, भाँडाकुँडा, कपडा तथा दैनिक उपभोग्य सामाग्रीहरु खरिद गर्ने गर्दछन् । सीमा नजिकै रहेको उक्त हाटबजारमा सस्तोमा समानहरु पाइने भएपछि अधिकांश स्थानीय किनमेलका लागि पुग्दा स्थानीय व्यापार भने घट्दै गएको व्यवासायीहरुले गुनासो गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: