काठमाडौं । संस्कृति पर्यटन तथा नागरीक उड्ययन मन्त्री हित बहादुर तामाङले इतिहास शिरोमणि बाबुराम आचार्यको योगदान अतुलनीय भएको बताएका छन् । नेपालको अलिखित इतिहास सही रुपमा लेख्नेलगायतका महत्वपूर्ण कार्य गरेको भन्दै उनी जस्ता राष्ट्रका होनाहार व्यक्तिहरुको योगदानको कदर गर्न मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताएका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजीत ‘बाबुराम आचार्यः जीवनी र व्यक्तित्व’ विषयक विचार गोष्ठीमा बोल्दै शिरोमणि स्व.आचार्यले सगरमाथाको नाम राखेको लगायतका विषयमा बोल्दै मन्त्रालयले आवश्यक परेमा सहकार्य गरेर अगाडी बढ्ने बताए ।
उनले आफु भर्खरमात्र मन्त्री भएकाले अझै धेरै मन्त्रालयको विषयमा बुझ्न बाँकी नै रहेको भन्दै नेपालका होनाहार व्यक्तित्वहरुको धरोहरको सम्मानमा सरकारले सधैँ अग्रसरा देखाउनेमा ढुक्क हुन समेत भनेका छन् ।

त्यस्तै, नेपाल एकेडेमीका सदस्यसचिव डा. धनप्रसाद सुबेदीले इतिहाश शिरोमणि बाबुराम आचार्य इतिहासको क्षेत्रमा धरोहर भएको बताउँदै बिगतदेखी नै प्रज्ञा प्रतिष्ठान उनको योगदानको कदर गर्न लागि पर्दै इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँग सहकार्य गरि अगाडी बढेको बताए । उनले आचार्यका अप्रकाशित कृति छन् भन्ने कुरा सुनिएकोले यदि कुनै अप्रकाशित कृति भए नेपाल एकेडेमीले प्रकाशन गर्ने बताए ।
कार्यक्रममा साँस्कृतिबिद डा. गोबिन्द टण्डनले इतिहास शिरोमणि बाबुराम आचार्यलाई राष्ट्रिय बिभूति घोषणा गर्न एकदिन पनि ढिला गर्न नहुनेमा जोड दिए । यसैगरी प्रतिष्ठानका उपाध्यक्ष प्रा डा सुरेन्द्र केसीले प्रतिष्ठानको पहलमा संस्कृति मन्त्रालयमार्फत पुरस्कार रासी दिन थालिएको स्मरण गर्दै सरकारले विशेष रुपमा चासो दिई देशलाई योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्न पछि पर्न नहुने बताए ।
समाजका महासचिव बाबुराम आचार्यले इतिहास सिरोमणि बाबुराम आचार्यको योगदानको कदर गर्न यसैगरी सहकार्य गरेर अगाडी बढिरहिएको र सरकारले पनि चासो देखाएको अवस्थामा भूकम्प र कोरोनाका कारण भनेजति काम गर्न नसकिएको भएपनि काम भने भएको र अझै नेपाल एकेडेमी, साँस्कृति मन्त्रालय तथा सरोकारवाला व्यक्ति तथा संस्थासँग सहकार्य गरेर आगामी दिनमा प्रभावकारी कामहरु गरिने बताए ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्