×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ जापानद्वारा ऐतिहासिक नीति परिमार्जन, नकारात्मक ब्याजदर नीति अन्त्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बैंक अफ जापानद्वारा ऐतिहासिक नीति परिमार्जन, नकारात्मक ब्याजदर नीति अन्त्य

Artha Sarokar

७ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंक अफ जापान (बिओजे)ले ब्याजदर वृद्धिमा नकारात्मक ब्याजदर नीति अन्त्य गर्ने निर्णय गरेको छ । बिओजेले १७ वर्षमा पहिलोपटक नकरात्मक ब्याजदर नीति अन्त्य गर्ने निर्णय गरेको हो ।

बिओजेको यस्तो निर्णयले जापानमा लामो समयदेखि चलिरहेको मौद्रिक सहजतामा ठूलो परिवर्तन देखिएको छ ।

त्यस्तै, दुईदिने नीतिगत बैठकपछि जापानको केन्द्रीय नीति बोर्डले २ प्रतिशत स्थिर मुद्रास्फिति हासिल गर्ने लक्ष्य राख्दै अल्पकालीन दरलाई ०.१ प्रतिशतसम्म पुर्याउनेसमेत निर्णय गरेको छ । ब्याजदरमा द्रुत वृद्धि रोक्नको लागि, बैंकले घरायसी उपभोग सुस्त रहेकोले अर्थतन्त्रमा जारी कमजोरीलाई रेखांकित गर्दै आवश्यक भएमा जापानी सरकारी ऋणपत्रहरू खरिद गर्न जारी राख्ने प्रतिवद्धता पनि गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी