काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वर्णिम योजनाकारुपमा न्यूनतम मूल्यमा औषधि विक्री वितरण गर्ने गरी ‘सुलभ फार्मेसी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेटबमोजिम सो कार्यक्रम कार्यान्वयनका लागि निर्देशिका तयार गरी सुलभ फार्मेसी सञ्चालन गर्न लागिएको हो ।
बुधबार प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको अध्यक्षतामा बसेको बैठकले निर्देशिका तयार गर्न कार्यदल गठन गरेको हो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत परियारले सकेसम्म छिटो सुलभ फार्मेसी सञ्चालनका लागि निर्देशिका तयार गरी अघि बढ्नुपर्ने बताएका छन् ।
बैठकले महानगरको कानून तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यको संयोजकत्वमा निर्देशिका मस्यौदा समिति गठन गरिएको छ । समितिको सदस्यमा फर्मासिष्ट बाबुराम हुमागाईँ, संगीता माथेमा, चैन बज्राचार्य, मणि लामा र स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जन रहेका छन् । निर्देशिकाको मस्यौदा तयार गर्न सो कार्यदललाई ७ दिनको समय दिइएको छ । सो बैठकमा प्रमुख प्रशासकीय अधिकृत परियारले भने, ‘यस प्रकारका फार्मेसी सञ्चालन गर्न अनेक ढाँचा हुन सक्छन् । यीमध्ये चालु आर्थिक बर्षमा महानगरपालिका आफैँले ५ वटा फार्मेसी सञ्चालन हुने गरी काम गर्नुपर्नेछ । गुणस्तरीय र दिगो कार्यक्रम यसको न्युनतम आधार रेखा हो ।’
उनले बजारमा शिक्षित नागरिकहरू पनि फार्मेसीबाट ठगिनुपर्ने अवस्था रहेको भन्दै त्यसलाई व्यवस्थित गर्न समेत महानगरपालिकाले सुलभ फार्मेसी सञ्चालन गरी नागरिकलाई राहत दिनुपर्ने बताए ।
छलफलमा फर्मासिष्टले बताएअनुसार हाल उपभोक्ताले औषधिको मूल्यभन्दा ४० प्रतिशतभन्दा बढीसम्म मूल्य तिर्नुपर्ने बाध्यता रहेको छ । कतिपय औषधिमा चार गुणासम्म मूल्य निर्धारण भएर बजारमा आएको उनीहरुको भनाइ छ ।
उनीहरुका अनुसार नेपालमा करिब १८ हजार ब्राण्डका औषधि आयात हुने गरेका छन् । त्यसमध्ये नेपालमा उत्पादित १२८ र विदेशी ३५० कम्पनीका औषधिहरु रहेका छन् । नेपालमा वार्षिक करिब ७० अर्बको औषधि खपत हुने गरेको छ । महानगरपालिकाले यसवर्ष सो कार्यक्रमका लागि छ करोड रुपैयाँ विनियोजन गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्