×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शहर सुन्दर बनाउन १ करोड ६२ लाखको बोटबिरुवा किन्दै महानगर

PRIME CA

शहर सुन्दर बनाउन १ करोड ६२ लाखको बोटबिरुवा किन्दै महानगर

१३ चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शहर सुन्दर बनाउन डेढ करोड बढीको बोटविरुवा किन्ने भएको छ । महानगरले महानगर क्षेत्रभित्र हरियाली प्रवर्दनका लागि १ करोड ६२ लाख २१ हजार १ सय ५० रुपैयाँको बोटविरुवा किन्ने भएको हो ।

महानगरले सो मूल्य बराबरको बोटविरुवा खरिद गर्ने गरी गौतम नर्सरीको बोलपत्र स्वीकृत गरेको छ ।

महानगरले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको ‘हरियाली महानगर अभियान’ अन्तर्गत बोटविरुवा खरिद गर्न लागेको जनाएको छ । पहिलो चरणमा धुपी, समी र कपुरका विरुवाहरु रोपेको महानगरले दोस्रो चरणमा भने विभिन्न अन्य प्रजातीका बोटविरुवा, मौसमी फूल तथा गमलाहरु समेत राख्ने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: