काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल मनि विकको अभियान नेपालको दुर्गम क्षेत्रसम्म पुर्याइने बताएका छन् । सोमबार काठमाडौंमा ग्लोबल मनी वीकको अवसरमा राष्ट्र बैंकद्वारा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
गभर्नर अधिकारीले ग्लोबल मनि विकको अभियान शुरुवाती चरणबाटै सक्रिय रहेको बताउँदै यो अभियानलाई राष्ट्र बैंकले अझ बिस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे । गभर्नर अधिकारीले वित्तीय साक्षरतालाई देशको कुना-कुनासम्म लैजाने योजना रहेको पनि उल्लेख गरे ।
उनले वित्तीय फ्रेमवर्कमा वित्तीय साक्षरता वित्तीय जागरणका रुपमा विद्यालय तहको पाठ्यक्रम (सेलेवस) मा राख्नको लागि पनि समन्वय भइरहेको जानकारी दिए ।
कुनै पनि प्रोडक्ट बैंक तथा वित्तीय संस्थाहरुले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तीय चेतना हुन जरुरी रहेको बताउँदै उनले ग्लोवल मनी वीक अभियानलाई वित्तीय शिक्षको आधारका रुपमा लिएको उल्ल्लेख गरे ।
पैसाको बचत गर्ने र भविष्यको लागि सुरक्षित राख्ने विषयलाई प्राथमिकता दिएर ग्लोबल मनि विक मनाउने गरिएको उनले बताए । त्यस्तै, उनले बचत भविष्यमा कमाएर मात्रै गर्ने नभएर बाल्यकालदेखि बानी बसाउन जरुरी रहेकाले बालबालिकाले खाजा खर्चलाई बचाएर बचत गर्ने बानी बसाए भविष्य सुरक्षित हुने धारणा राखे । उनले भने,’बचत भन्ने कुरा भविष्यमा कमाएर मात्रै गर्ने भन्ने कुरा होइन । बाल्यकालदेखि बानी बसाउने हो । खाजा खर्चलाई बचाएर बचत गर्ने बानी बसाइयो भने भविष्यलाई सुरक्षित गर्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्