×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५ सय दरको नक्कली नोटसहित एकजना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

५ सय दरको नक्कली नोटसहित एकजना पक्राउ

Artha Sarokar

१३ चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कोहलपुरमा ५ सय दरको नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–१२ ज्ञानज्योति टोलबाट ५ सय दरको नक्कली नोटसहित सोही ठाउँ बस्ने २२ वर्षीय विश्वास अधिकारी पक्राउ परेका हुन् ।

पक्राउ परेका विश्वासको साथबाट प्रहरीले नक्कलीजस्तो देखिन पाँच सय दरका ३ थान नोट पनि बजरामद गरेको छ ।

अधिकारीले किराना पसलमा सामान किन्ने क्रममा पसलेलाई उक्त नोट दिएका थिए । अधिकारीले दिएको नोट नक्कली भन्ने शंका लागेपछि प्रहरीलाई गरेको जानकारीपछि त्यहाँ पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले अधिकारीलाई पक्राउ गरेको हो । अधिकारीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी