काठमाडौं । वैदेशिक रोजगारीका लागि दुबई पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा सिम्रौनगढ घर भई हाल बनस्थली ढुङगेधारा बस्ने २६ वर्षीय पुरमान भनिने फरमान हवारी रहेका छन् ।
उनले चार जनालाई आकर्षक तलब हुने प्रलोभन देखाएर ११ लाख ६६ हजार रुपैयाँ ठगी गरेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गोठाटारबाट पक्राउ गरेको हो।
पक्राउ परेका हवारीलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्