Skip to content
LAXMI SUNRISE BANK

आफ्नै मृत्यु दर्ता प्रमाणपत्र बनाउने तान्त्रिक पक्राउ

अर्थ सरोकार

काठमाडौँ । नवलपरासीमा आफ्नै मृत्यु दर्ता प्रमाणपत्र बनाउने तान्त्रिक पक्राउ परेका छन् । रुपन्देही घर भई हाल नवलपरासीको बर्दघाट नगरपालिका–१४, गङ्गाबस्ती बस्दै आएका शिव नारायण सिंह पक्राउ परेका हुन् । उनलाई सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका सिंह लामो समयदेखि तान्त्रिक र झरफुक गर्दै आएका थिए । उनको घरमा छापा मार्दा मृत्यु दर्ताको नक्कली प्रमाणपत्र फेला परेको प्रहरीले जनाएको छ ।

उनले रोहिणी गाउँपालिका वडा नम्बर ४ को स्ट्याम्प, वडाध्यक्षको छाप प्रयोग गरेर आफैँले आफ्नो नक्कली मृत्यु दर्ता प्रमाणपत्र र सद्गद् गरेको पुर्जी बनाएका थिए । उनको साथबाट किर्ते गरेर बनाइएका कागजसहित नागरिकता पनि बरामद गरिएको छ ।

उनीविरुद्ध सरकारी कागजात किर्ते अभियोगमा मुद्दा चलाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK