×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोल्याण्ड पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पोल्याण्ड पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

Artha Sarokar

२४ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. ४ बालुवाटार बस्ने २६ वर्षीय गोबिन्द थापा रहेका छन् ।

उनले इन्द्र कुमार खवासलाई पोल्याण्ड पठाईदिने र पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक एक लाख तलब हुन्छ भन्दै प्रलोभनमा पारेर तीन लाख ७० हजार रुपैयाँ ठगी गरेका थिए ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले फागुन २२ गते पुतलीसडकबाट पक्राउ गरेको हो । पक्राउ परेका थापालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी