Skip to content
LAXMI SUNRISE BANK

घुस रकमसहित असई र वरिष्ठ हवल्दार पक्राउ

अर्थ सरोकार

काठमाडौँ । महोत्तरीमा घुस रकमसहित दुईजना प्रहरी पक्राउ परेका छन् । आरोपीहरुबाट घुस लिएको आरोपमा प्रहरी चौकी कान्तिबजारका इन्चार्ज (प्रहरी सहायक निरीक्षक, असई) शर्मा प्रदास यादव र वरिष्ठ हवल्दार मन्जितकुमार झा पक्राउ परेका हुन् ।

उनीहरुलाई घुस लिएको २० हजार रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

गौशाला नगरपालिका–१२ स्थित गौरीटोलबाट पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारको कार्यालय बर्दिबासले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK