×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आकर्षक तलबको प्रलोभनमा पारेर ६० लाख ठग्ने एक जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आकर्षक तलबको प्रलोभनमा पारेर ६० लाख ठग्ने एक जना पक्राउ

Artha Sarokar

३० फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीका लागि अमेरिका पठाईदिने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं. ७ घर भई हाल काठमाडौँ जिल्ला टोखा नगरपालिका वडा नं.१० गंगबु बस्ने ३६ वर्षीय लोक बहादुर राउत रहेका छन् ।

उनले खिमा डाँगी सहित दुई जनालाई अमेरिकाको प्रतिष्ठित कम्पनीमा काम लगाईदिने, मासिक ७ लाख ५० हजार तलब हुन्छ भन्दै प्रलोभनमा परेर ६० लाख रुपैयाँ ठगी गरेका थिए । उनले अमेरिका जान प्रतिव्यक्ति ८० लाख लाग्ने बताएका थिए ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले फागुन २८ गते गंगबुबाट पक्राउ गरेको हो । हाल पक्राउ परेका राउतलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी