काठमाडौं । नक्कली सुन देखाएर नेपाल बैंकको ४ करोड बढी रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी जिल्ला कन्चरुप नगरपालिका वडा नं.०८ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ०६ बौद्ध बस्ने ४१ वर्षीय टोकनाथ साह रहेका छन् ।
उनले नेपाल बैंकमा नक्कली सुन धितो राखेर ४ करोड १४ लाख ८४ हजार रुपैयाँ कर्जा लिई फरार भएका थिए । सो मुद्दामा उच्च अदालत बिराटनगरले साहलाई ९८ लाख ८५ हजार ५ सय ६४ रुपैयाँ बिगो र ३ वर्ष कैद सजाय तोकेको थियो ।
साथै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयका अनुसार उनले वैदेशिक रोजगारीका लागि अमेरिकालगायतका देश पठाउने भन्दै १ करोड बढी रकम ठगी गरेका थिए । साहलाई प्रहरीले फागुन २८ गते होटल हायातबाट पक्राउ गरेको हो ।
टोकनाथ साहले बेरोजगार युवा युवतीहरुलाई विदेश पठाउने प्रलोभनमा पार्ने आफ्नो जीवन शैली रवाफपुर्ण देखाउने, आफु अमेरिकाका सम्पूर्ण ठाउँ घुमे जसरी व्याख्या गर्ने कोटा थोरै भएकोले पहिला जो आउछ उही जान्छ भनी आफुलाई एकदम व्यस्त देखाउने र पिडितलाई प्रभावमा पारी ठगी गर्ने गरेका थिए ।
उनको साथबाट प्रहरीले विभिन्न कम्पनीका १५ थान सिम बरामद गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्