×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्युजिल्याण्ड पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

PRIME CA

न्युजिल्याण्ड पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

५ चैत्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  झापा जिल्ला मेचीनगर नगरपालिका वडा नं. १० घर भई हाल काठमाडौंको मैतीदेवी बस्ने २७ वर्षीय समित भट्टराई रहेका छन् ।

उनले पदम बहादुर बुढालाई न्युजिल्याण्ड पठाईदिने भन्दै चार लाख रुपैयाँ ठगी गरेर फरार भएका थिए । भट्टराईले न्युजिल्याण्ड जान प्रतिव्यक्ति १४ लाख लाग्ने बताएका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले मिनभवनबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: