काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३८ वर्षीय सुबास आचार्य, २७ वर्षीय महेन्द्र अधिकारी र ३९ वर्षीय राममाया गुरुङ रहेका छन् ।
उनीहरुले आकर्षक तलब हुने प्रलोभनमा पारेर रकम ठगी गरेका थिए । पीडितहरुबाट रकम लिई उनीहरु सम्पर्क विहीन भएको भन्दै पीडितहरुले जाहेरी दिएका थिए ।
सोहि जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्