Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा ट्याक्सी चालक लुट्ने दुईजना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँमा ट्याक्सी चालक लुट्ने दुई जना पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका-१२ कपनमा एकजना ट्याक्सी चालकमाथि कुटपिट गरी लुटपाट गरेको आरोपमा २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-६ का २७ वर्षीय प्रशान्त जंग कार्की र बुढानिलकण्ठ नगरपालिकाका ३४ वर्षीय राजु गुरुङ रहेका छन् । उनीहरुलाई बसुन्धराबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK