Skip to content
LAXMI SUNRISE BANK

रोजगारीलाई लक्षित गरेर बजेट बनाउन प्रधानमन्त्रीको निर्देशन

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उत्पादन र रोजगारीलाई लक्षित गरेर बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८१–८२ को बजेटको स्रोत अनुमानसम्बन्धी बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

उनले यसपालीको बजेट परम्परागत शैलीमा नभएर नयाँ ढंगबाट ल्याउनुपर्नेमा जोड दिँदै उनले आगामी आर्थिक वर्षको बजेट उत्पादन र रोजगारीमा लक्षित हुन निर्देशन दिएका छन् ।

अहिलेको अवस्था र आवश्यकता अनुसार राज्यले हस्तक्षेप नै गरेर भए पनि अभिभावकीय भूमिका खेल्नुपर्ने प्रधानमन्त्रीको भनाई छ । यही कारण पनि बजेट निर्माण गर्दा उत्पादन र रोजगारीमा विशेष ध्यान दिन प्रधानमन्त्रीले सम्बन्धित मन्त्री र मन्त्रालयहरुलाई निर्देशन दिएका छन् ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले राजस्व संकलन बढाउन पनि नयाँ कार्ययोजनासहित अघि बढ्न पनि आग्रह गरेका छन् । साथै राम्रो गरिरहेका योजनामा बजेट थपेर अनावश्यक ठाउँको बजेट घटाउन पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK