×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बाहना बनाएर प्रचण्डले धोका दिए’: पूर्वअर्थमन्त्री महत

अर्थ सरोकार

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार

PRIME CA

‘बाहना बनाएर प्रचण्डले धोका दिए’: पूर्वअर्थमन्त्री महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्रीले पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली कांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिवद्धता र जनताले दिएको म्यान्डेट लत्याएको आरोप लगाएका छन् । नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजन गर्दै पूर्वअर्थमन्त्री महतले दाहालले कांग्रेस महासमिति बैठकमा प्रस्तुत प्रस्ताव र कोसी प्रदेशका बहानामा धोका दिएको आरोप लगाएका हुन् ।

‘प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिवद्धता र जनताले दिएको म्यान्डेत लत्याउनुभएको छ । कांग्रेसले केन्द्रीय कार्यसमिति र कार्यसम्पादन बैठक गरेर प्रचण्डमाथि विश्वासघात र बेइमानीको संज्ञा दिईसकेका छौँ ।’, उनले भने, ‘प्रधानमन्त्रीजीले सदनमा बोल्दा कांग्रेसले घात गरेको कारण सत्ता फेरबदल गर्नुपरेको बताएका छन् । यो सबै कपोलकल्पित र झुटो हो ।’

त्यस्तै, उनले प्रधानमन्त्री प्रचण्डले २०७९ सालको आम निर्वाचनपपछि मात्र तीन पटक सत्ता सहकार्य फेरेको भन्दै महतले प्रचण्डको प्रवृति भएको उल्लेख गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: