×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्यालेक्सीमा ‘सिधा कुरा’ चलाएका पत्रकार भट्टले भने- ‘तलव पाएका छैनौँ, मालिक जोडेर हामीलाई आरोप नलगाऊ’

PRIME CA

ग्यालेक्सीमा ‘सिधा कुरा’ चलाएका पत्रकार भट्टले भने- ‘तलव पाएका छैनौँ, मालिक जोडेर हामीलाई आरोप नलगाऊ’

अर्थ सरोकार

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार

काठमाडौँ । ग्यालेक्सी फोके टेलिभिजनका पूर्व कर्मचारी राजेन्द्र भट्टले ग्यालेक्सी फोके टेलिभिजनमा काम गरेकै कारण आफुहरुलाई पनि सहकारीको पैसा खाएको आरोप लाग्ने गरेको भन्दै दुखेसो पोखेका छन् ।  रवि लामिछाने र युवराज कंडेलपछी सिधा कुरा कार्यक्रम संचालन गरेका उनले आफुहरुले पनि १ बर्षदेखि तलव नपाएको तर, सो विषयमा कसैले आवाज नउठाएको भन्दै गुनासोसमेत गरेका छन् ।
‘ग्यालेक्सीको कर्मचारी भएको नाताले सहकारीको पैसा तिमीहरूले खायौ भनेर हामीलाई पनि आरोप लाग्ने गरेको छ । ठाउँमा बसेर खानेले खाए होलान्, त्यहाँबाट फाइदा लिनेले लिए पनि होलान् तर त्यहाँ श्रम गर्ने हामी जस्ता श्रमजीवीहरूले करिब १ वर्षदेखि तलब पाएका छैनौ ।’ भट्टले सामाजिक संजालमा लेखेका छन् -‘१ वर्षदेखि श्रमको एक रुपैयाँ नपाउँदाको पीडा नत त्यहीबाट जनप्रतिनिधि भएकाले देखे न सहकारीको मुद्दा उचाल्नेले देखे । हामीले त अरूका धेरै कुरा सुन्यौ र सुनायौँ । हाम्रा पीडा पनि कसैले सुनेर समाधानको पहल गरिदिए हुने ।’
ग्यालेक्सी फोके टेलिभिजन अहिले बन्द भईसकेको छ । टिभीका मालिक जीबी राई हाल मलेसियामा छन् । सरकारले उनलाई नेपाल ल्याउन सकेको छैन । ग्यालेक्सीका कर्मचारीले ३ महिनादेखि ७ महिनासम्मको तलव लिन बाँकी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: