×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वउपराष्ट्रपतिका छोरालाई कार्वाही गर्न सासंदको माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पूर्वउपराष्ट्रपतिका छोरालाई कार्वाही गर्न सासंदको माग

Artha Sarokar

१ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगि र सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई कारबाही गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले यस्तो माग गरेका हुन् ।

उनले पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको भन्दै कार्वाहीको माग गरेका छन् । पुनलाई कारबाही नगरे गणतन्त्रप्रति नै जनतामा निराशा आउने र सरकारको विरुद्धमा जनताहरु सडकमा उत्रिने उनको भनाई छ । साथै सांसद यादवले देशलाई भ्रष्टाचारी र तस्करीको देश नबनाउन पनि आग्रह गरेका छन् ।

‘यो देश तस्करीहरुको देश नबनोस् । यो देश भ्रष्टाचारीहरुको देश नबनोस् । यो देश गणतन्त्र र संविधानको विपक्षमा काम गर्नेहरुको देशको रुपमा परिचित नहोस् ।’, उनले भने, ‘सहकारी ठगि र सुन प्रकरणमा पनि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ । यदि यस्तो भयो भने यो देशमा आम जनताले बलिदानीबाट संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको छ । त्यसप्रति निराश हुनेछन् । र वर्तमान सरकारको विरुद्धमा जनता सडकमा आउनेछ । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

त्यस्तै, सांसद यादवले गर्मी मौसममा आगलागीका घटनाहरु हुने भन्दै त्यसप्रति समयमै सचेत भएर पूर्वतयारीमा लाग्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी