×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन्दकपुरको ‘रेडपाण्डा जोन’मा विश्वका पर्यटक… (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार

PRIME CA

सन्दकपुरको ‘रेडपाण्डा जोन’मा विश्वका पर्यटक… (फोटो-कथा)

काठमाडौं । इलामको सन्दकपुर गाउँपालिकामा रहेका २६ सामुदायिक वन क्षेत्रलाई आफ्नो वासस्थान बनाएको विश्वकै दुर्लभ र आकर्षक बन्यजन्तु रेडपाण्डा पर्यटकको मुख्य आकर्षक बन्दै गएको छ ।

वन्यजन्तु र चराहरुको दृश्यावलोकनमा रमाउन विश्वका विभिन्न देशबाट पर्यटकहरु यहाँ आइरहेका छन् । सन्दकपूरको आहालभञ्ज्याङदेखि अधिकारीबाससम्म रेडपाण्डाको चरिचरन र बासस्थान क्षेत्र हो । उक्त क्षेत्रमा हिजोआज पर्यटकको बाक्लो उपस्थिति देख्न सकिन्छ । फोटोग्राफीमा रमाउनेहरुको संख्या उत्तिकै छ ।

समुद्र सतहबाट दुई हजार मिटरमाथिको क्षेत्र रेडपाण्डाको चरन क्षेत्र भएकाले सन्दकपुर गाउँपालिका भित्रका उच्च पहाडी भूभागमा रेडपाण्डा हेर्न आउने पर्यटकहरुको संख्या बढेको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए ।

रेडपाण्डाको बसोबासले गर्दा सन्दकपुर गाउँपालिका–५ स्थित चोयाटार, हाँगेथाम, आहालभञ्ज्याङ, कैयाकट्टा, दोबाटे, छिन्टापू, टप्पु, अधिकारीबास वन क्षेत्रमा पर्यटकहरु प्रकृतिसँग रमाउँदै घुमफिर गरिरहेको देख्न सकिन्छ । बाँकी तस्विरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: