×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गा प्रसाईंका बडिगार्ड पक्राउबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दुर्गा प्रसाईंका बडिगार्ड पक्राउबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ

Artha Sarokar

७ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंका बडिगार्ड पक्राउ गरेको विषयमा सरकारसँग जवाफ मागेको छ । बडिगार्डको तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षिकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले बडिगार्ड पक्राउबारे सरकारसँग लिखित जवाफ मागेको हो ।

उक्त रिटमाथि सुनुवाई गर्दै न्यायाधीश महेश शर्मा पौडेलले तीन दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेका छन् ।

सोमबार दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दाको सुनुवाईका लागि अदालत पुगेका प्रसाईंका बडिगार्ड दीपक खड्का र रामकुमार धिमाललाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको साथबाट प्रहरीले बन्दुगसमेत बरामद गरेको थियो । पक्राउ परेका दुवैजनाविरुद्ध थप अनुसन्धान गरी मुद्दा चलाउन जिल्ला अदालत काठमाडौँले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

पक्राउ परेका प्रसाईंका बडिगार्ड धिमालका तर्फबाट रिया राजवंशीले गृह मन्त्रालय सिंहदरबारसहित विभिन्न ७ वटा सरकारी निकायलाई विपक्षी बनाउँदै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् भने दीपक खड्काको तर्फबाट उनकी श्रीमती शान्ता खड्काले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी