काठमाडौं । नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका छन् ।
आवेदन दिनेमा चिरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, कृष्ण पोखरेल, कृष्ण बहादुर अधिकारी, कृष्ण कार्की, प्रबिण पन्दाक, डा. केशब प्रसाद श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, शिबहरी श्रेष्ठ, सीताराम थपलिया, निरज गिरी, मुक्ति अर्याल, खगेन्द्र कटुवाल, बिमल तिवारी, रघु काफ्ले, गोपाल भट्ट, सन्तोष कुमार श्रेष्ठ, शंकर मान सिंह आवेदन दिएका छन् ।
आवेदन दिनेमध्ये चिरञ्जीवी चापागाईं तत्कालीन बीमा समितिका पूर्व अध्यक्ष हुन् भने नवराज अधिकारी, मुतिनाथ श्रेष्ठ र कृष्ण पोखरेल धितोपत्र बोर्डकै कार्यकारी निर्देशक हुन् ।
यता बोर्डको अध्यक्ष बन्ने रहरमा आवेदन दिएका कृष्ण बहादुर अधिकारी नेपाल बैंक लिमिटेडका पूर्व सीइओ हुन् भने कृष्ण बहादुर कार्की नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका सीइओ हुन् । प्रबिण पन्दाक नेप्सेकै कर्मचारी हुन् । यसअघि पनि उनले नेप्सेकै सीइओ बन्न आवेदन दिएकी थिइन् । कार्यविधि अनुसार थप नम्बर पाउने दुई डाक्टरमा डा. केशब प्रसाद श्रेष्ठ र डाक्टर नवराज अधिकारी छन् । श्रेष्ठ लक्ष होल्डिङ्गसका संस्थापक हुन् भने नवराज अधिकारी बोर्डकै हाकिम हुन् ।
रघु काफ्ले सेयर बजारकै जानकारका रुपमा चिनिन्छन् भने खगेन्द्र कटुवाल अर्थशास्त्री हुन् । यता, निरज गिरी धितोपत्र बोर्डकै पूर्व कार्यकारी निर्देशक हुन् भने शंकरमान सिंह नेप्सेका पूर्व सीइओ हुन् । यस्तै गोपाल भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् भने सिताराम थपलिया पनि नेप्सेका पूर्व सीइओ हुन् ।
आवेदन दिएकाहरुमध्ये १ बोर्डको अध्यक्ष हुनेछन् ।
बोर्डको अध्यक्ष बन्नका लागि चिरन्जीवी चापागाईंको दौडधुप सबैभन्दा बढी छ । आवेदन दिएकाहरुमध्ये केहि ‘म्याच फिक्सिङ’ गराउन राजनीतिक दौडधुपमा छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्