×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुध्रिदै श्रीलङ्काः बेरोजगारी दर ४.३ प्रतिशतमा झर्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सुध्रिदै श्रीलङ्काः बेरोजगारी दर ४.३ प्रतिशतमा झर्यो

Artha Sarokar

१३ चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । श्रीलङ्काको आधिकारिक बेरोजगारी दर सन् २०२३ को अन्तिम त्रैमासिकमा ४.३ प्रतिशतमा झरेको श्रीलङ्काको तथ्याङ्क विभागले जानकारी गराएको छ । अघिल्लो त्रैमासिकमा उक्त दर ४.७ प्रतिशत रहेको थियो । विभागले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तेस्रो त्रैमासिकमा १.६ प्रतिशत र २०२३ को चौथो त्रैमासिकमा ४.५ प्रतिशतले विस्तार भएको उल्लेख गरेको छ ।

अर्थतन्त्रको सबैभन्दा खराब सङ्कटलाई व्यवस्थापन गरिएसँगै अहिले श्रम बजारमा मानिसले अवसर खोज्न थालेको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । सङ्कटको प्रभावका कारण हालसम्म धेरै कम्पनीहरूले आफ्ना पूराना कामदारलाई सेवा निवृत्त गर्नुका साथै नयाँ रोजगारीका अवसरलाई रोकेका थिए । अहिले देशको अर्थतन्त्रले सुधारको सङ्केत देखाउँदै पुनः लयमा फर्किन थालेको छ ।

विगत दुई वर्षमा श्रीलङ्कामा सामूहिक बसाइँसराइ देखेको र कम्पनीहरूले रोजगारीमा पुनः नयाँ भर्ना गर्न थालेका तर नयाँ भर्नामा योग्य कामदारको कमी देखिन सक्ने विभागले जानकारी गराएको छ ।

विभागले ४.३ प्रतिशतको आधिकारिक बेरोजगारी दरले पूर्ण रोजगारीको नजिक प्रतिबिम्बित गरेको र यसले श्रम बजार अवस्थालाई कसिलो भएको पनि सङ्केत गरेको विभागले उल्लेख गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी