काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णीम वाग्लेले रास्वपाले शुसासन र युवा केन्द्रीत मन्त्रालय रोजेर नै लिएको भन्दै काम गर्न नसकेको दिन आफै सरकारबाट बाहिरिने बताएका छन् ।
बुधबार प्रधानमन्त्री दाहालले विश्वासको मत लिन प्रतिनिधि सभामा प्रस्तुत प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले रास्वपाले शुसासन र युवा केन्द्रीत मन्त्रालय रोजेर नै लिएको भन्दै काम गर्न नसकेको दिन आफै सरकारबाट बाहिरीएर प्रधानमन्त्रीले गलहत्याउनु पर्ने अवस्था नबनाउने बताएका हुन् ।
‘हामी बिगार्न, भत्काउन, तोड्न र उखेल्न आएका हैनौं । हामी काम गर्न आएका हौँ । प्रतिपक्षमा हुँदा सशक्त भूमिकामा थियौँ, प्रश्न गर्यौं ।’, उनले भने, ‘अब सरकारबाट डेलिभरी दिन सकिन्छ कि भनेर आएका छौँ । शुसासन र युवा केन्द्रीत मन्त्रालय रोजेर नै लिएका छौँ । गर्न नसकेको दिन हामी आफै बाहिरीने छौँ । प्रधानमन्त्रीज्युलाई सजिलो बनाइदिन्छौँ । उहाँले हामीलाई गलहत्याउनु पदैन् ।’
राष्ट्रहितको विषयमा काम गर्ने प्रधानमन्त्रीको चाहनालाई साथ दिन रास्वपाले जोखिम मोलेर साथ दिएको उनको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्