Skip to content
LAXMI SUNRISE BANK

मुटुमा समस्या देखिएपछि टोपबहादुर रायमाझी अस्पताल भर्ना

अर्थ सरोकार

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका टोप बहादुर रायमाझी अस्पताल भर्ना भएका छन् । एमालेका पूर्वसचिवसमेत रहेका रायमाझीको मुटुमा समस्या देखिएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

हाल उनलाई चिकित्सकको निगरानीमा राखिएको रायमाझीको उपचारमा संलग्न एक चिकित्सकले बताएका छन् । ती चिकित्सकका अनुसार अहिले उनको स्वास्थ्य अवस्था स्थिर छ ।

रिंगटा लागेर अचानक मुटुको चाल कम भएपछि रायमाझीलाई अस्पताल लगिएको थियो । हाल उनलाई मुटुको ईसिजी गरेर चिकित्सकको निगरानीमा राखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK