×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चोरिएका २० वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीद्वारा फिर्ता

PRIME CA

चोरिएका २० वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीद्वारा फिर्ता

१३ चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँले चोरी भएका २० वटा दुई पाङ्ग्रे सवारी साधन सवारी धनीलाई फिर्ता गरेको छ । काठमाडौँका विभिन्न ठाउँबाट चोरी भएका १८ वटा मोटरसाइकल र २ वटा स्कुटर खोजतलास गरी सम्बन्धित धनीलाई फिर्ता गरिएको हो ।

पेप्सीकोला, कपन, बौद्ध, गौशाला, सुन्धारा, माछापोखरी, स्वयम्भू, चापागाउँ लगायतका स्थाबाट चोरी भएका मोटरसाइकल खोजतलास गरी उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेका हुन् ।

योसँगै चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले हराएका २ सय ८५ वटा सवारी साधन खोजतालस गरी सवारी धनीलाई फिर्ता गराएको छ । त्यस्तै, सवारी साधन चोरीमा संलग्न २९ जना व्यक्तिलाई पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाएको पनि ट्राफिक प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: