Skip to content
LAXMI SUNRISE BANK

‘गृहमन्त्रीमाथि संसदबाटै छानबिन गर्नुपर्छ’- सांसद जबरा

अर्थ सरोकार

काठमाडौँ । नेपाली काँग्रेसका सांसद उदयशमशेर जबराले सहकारी प्रकरणको छानबिन नुहँदासम्म अर्थतन्त्र चलायमान नहुने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद जबराले पछिल्लो समय बिकराल बनेको सहकारी ठगी प्रकरणबारे निष्पक्ष रुपमा छानबिन नभएसम्म अर्थतन्त्र चलायमान हुन अफ्ठ्यारो पर्ने बताएका हुन् ।

उनले मुलुकको अर्थतन्त्र समस्यामा पर्नुको मुख्य कारण नै सहकारी रहेकोसमेत जिकिर गरेका छन् । ‘सहकारीका कारण अर्थतन्त्र समस्यामा छ । सहकारी प्रकरणबारे निष्पक्ष छानविन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अपm्ठ्यारो हुन्छ ।’, सांसद जबराले भने, ‘त्यसैले यसमा छिटोभन्दा छिटो निष्पक्ष छानविन गर्न जरुरी छ ।’

त्यस्तै, सांसद जबराले सहकारी ठगीको आरोप लागेका व्यक्ति नै गृहमन्त्री हुनु दुःखद भएको भन्दै गृहमन्त्री रवि लामिछानेमाथि पनि निष्पक्ष रुपमा छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

‘अहिले झाँक्री पनि त्यही, बोक्सी पनि त्यही । आरोपित व्यक्ति पनि त्यही, छानविन गर्ने गृहमन्त्री पनि त्यही ।’, उनले भने, ‘यही कारण सहकारी प्रकरण र गृहमन्त्रीमाथि संसदबाटै छानविन गर्न जरुरी छ ।’

साथै उनले स्थानीय तहहरुले पूर्वाधारमा खर्च गर्न गाह्रो परिरहेको भन्दै अघिल्लो वर्षको खर्च गर्ने क्षमता हेरेर स्थानीय तहहरुलाई ५० प्रतिशत पैसा पहिल्यै दिनसके पूर्वाधारमा खर्च गर्न सजिलो हुने पनि उल्लेख गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमा सरकारले सडक, ट्रान्समिशन लाइन, कृषि र आइटीका क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने सांसद जबराले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK