×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोइरालोको मूल्य बढ्यो, बिहीबार यस्तो छ अन्य तरकारी तथा फलफूलको भाउ

PRIME CA

कोइरालोको मूल्य बढ्यो, बिहीबार यस्तो छ अन्य तरकारी तथा फलफूलको भाउ

१ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज कोइरालोको मूल्य बढेको छ । कोइरालोको मूल्य २८० रुपैयाँले बढेर प्रतिकेजी न्युनतम ३४० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा न्युनतम ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा ३० रुपैयाँ, सानो गोलभेडा (टनेल) ४०, भारतीय सानो गोलभेडा ३० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३५ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ७५ रुपैयाँ, लोकल गाजर २५ रुपैयाँ, तराईको गाजर २० रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, काउली तराई २५, रातो मुला ५० रुपैयाँ, सेतो मूला लोकल २०, सेतो मुला (हाइब्रीड) २५ रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, भन्टा डल्लो ६०, मटरकोशा ७० रुपैयाँ, लोकल घ्यु सिमि ७०, घ्यु सिमि राजमा ११०, टाटे सिमि ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला १२०, लौका ६०, परवर १९०, घिरौला १००, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ४०, हरियो फर्सी (डल्लो) ४०, सलगम ६०, भिण्डी १००, सखरखण्ड ६०, बरेला ४०, पिडालु ८० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ३० रुपैयाँ, पालुंगो ६० रुपैयाँ, चम्सुरको साग ६० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ मेथीको साग ६० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ३०, बकुला ४०, तरुल ६०, कन्य च्याउ ८०, डल्ले च्याउ २८०, न्युरो ८०, ब्रोकाउली ४०, चुकन्दर ६०, सजीवन १५०, कोइरालो ३५०, रातो बन्दा ५०, जिरीको साग ६०, ग्याठ कोबी ६०, सेलेरी ९०, पार्सले १५०, सौफको साग ६०, गान्टे मुला ६० पुदिना २५०, इमली १४०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २००, हरियो खुर्सानी १८०, सुकेको खुर्सानी ४००, खुर्सानी हरियो (बुलेट) १८०, खुर्सानी हरियो (माछे) ९०, भेडे खुर्सानी १४०, हरियो लसुन ९०, हरियो धनिया ५०, चाइनिज सुकेको लसुन २२०, नेपाली सुकेको लसुन १९०, छ्यापी हरियो ९०, रुख टमाटर १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, झोले स्याउ २००, फुजी स्याउ ३००, केरा (दर्जन) १२०, कागती २२०, अनार २८०, हरियो अंगुर १२०, कालो अंगुर २००, भारतीय सुन्तला ९०, हरियो तर्बुजा ४५, मौसम १३०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो १००, हाइब्रिड काक्रो ५०, रुख कटहर ९०, चाइनिज नासपाती २२०, निबुवा ५०, नेपाली मेवा ७०, भारतीय मेवा ७०, अम्बा २५०, लप्सी १५०, किनु ९०, अमला ८० र स्ट्रबेरी २५०, किवी ४५०, आभोकाडो ५०० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: