×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

करेलाको मूल्य घट्यो, बुधबार यस्तो छ अन्य तरकारी तथा फलफूलको भाउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

करेलाको मूल्य घट्यो, बुधबार यस्तो छ अन्य तरकारी तथा फलफूलको भाउ

Artha Sarokar

७ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज तितो करेलाको मूल्य घटेको छ । करेला ४० रुपैयाँले घटेर न्युनतम प्रतिकेजी १०० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा न्युनतम ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा ४५ रुपैयाँ, सानो गोलभेडा (टनेल) ५५, भारतीय सानो गोलभेडा ६० रुपैयाँ, तराईको सानो गोलभेडा ५० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३८ रुपैयाँ, भारतीय रातो आलु ३८ रुपैयाँ र सेतो आलु ३२ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ७० रुपैयाँ, तराईको गाजर २५ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, बन्दा नरिवल २० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, रातो मुला ५० रुपैयाँ, सेतो मुला (हाइब्रीड) ३० रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ७०, तने बोडी १२०, मटरकोशा ६० रुपैयाँ, लोकल घ्यु सिमि ६०, हाइब्रिड घ्यु सिमि ६०, घ्यु सिमि राजमा ११०, टाटे सिमि ७० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला १००, लौका ६०, परवर १२०, घिरौला ७०, फर्सी पाकेको ४५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ४०, सलगम ७०, भिण्डी ८०, सखरखण्ड ६०, बरेला ५०, स्कुस ४०, पिडालु ११० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो ६० रुपैयाँ, चम्सुरको साग ६० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ मेथीको साग ७० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ५०, बकुला ५०, तरुल ७०, कन्य च्याउ १२०, डल्ले च्याउ २४०, कुरिलो ७००, न्युरो ८०, ब्रोकाउली ४०, चुकन्दर ५०, सजीवन १३०, कोइरालो २००, रातो बन्दा ५०, जिरीको साग ७०, ग्याठ कोबी ७०, सेलेरी ९०, पार्सले १८०, सौफको साग ७०, गान्टे मुला ७०, पुदिना १८०, इमली १४०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २००, हरियो खुर्सानी १२०, सुकेको खुर्सानी ४२०, खुर्सानी हरियो (बुलेट) १२०, खुर्सानी हरियो (माछे) ११०, भेडे खुर्सानी १५०, हरियो लसुन १००, हरियो धनिया ३०, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन १८०, छ्यापी हरियो १००, रुख टमाटर १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, झोले स्याउ २२०, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २५०, अनार २८०, हरियो अंगुर १४०, कालो अंगुर २००, भारतीय सुन्तला १००, हरियो तर्बुजा ४५, मौसम १३०, जुनार २५०, भुई कटहर प्रति गोटा १४०, लोकल काक्रो ११०, हाइब्रिड काक्रो ६०, रुख कटहर ८०, चाइनिज नासपाती २००, निबुवा ५०, नेपाली मेवा ८०, भारतीय मेवा ९०, अम्बा २२०, लप्सी १५०, किनु ९०, स्ट्रबेरी २५०, किवी ४००, अमला २०० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी