×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हरियो लसुनको मूल्य बढ्यो, बुधबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य

PRIME CA

हरियो लसुनको मूल्य बढ्यो, बुधबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य

अर्थ सरोकार

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज हरियो लसुनको मूल्य बढेको छ । लसुनको मूल्य ३० रुपैयाँले बढेर प्रतिकेजी न्युनतम १२० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ६० रुपैयाँ, भारतीय सानो गोलभेडा ६० रुपैयाँ र सानो गोलभेडा तराई ४० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४२ रुपैयाँ, भारतीय रातो आलु ३८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ७० रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, तराई गाजर २५ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, बन्दा नरिवल २० रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ३५ रुपैयाँ, रातो मुला ६० रुपैयाँ, सेतो मुला (हाइब्रीड) ३० रुपैयाँ, भन्टा लाम्चो २५ रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी १००, मटरकोशा ६० रुपैयाँ, लोकल घ्यु सिमि २५, हाइब्रिड घ्यु सिमि २५, घ्यु सिमि राजमा ११०, टाटे सिमि ५० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला १२०, लौका ५०, परवर लोकल ८० रुपैयाँ, परवर तराई ७०, घिरौला ६०, फर्सी पाकेको ४५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, सलगम ७०, भिण्डी ११०, सखरखण्ड ६०, बरेला ५०, स्कुस ४० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो ९० रुपैयाँ, चम्सुरको साग ९० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ मेथीको साग ९० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ५०, बकुला ५०, तरुल ७०, कन्य च्याउ ६०, डल्ले च्याउ २८०, कुरिलो ५००, न्युरो ७०, ब्रोकाउली ४०, चुकन्दर ५०, सजीवन १००, कोइरालो १५०, रातो बन्दा ५०, जिरीको साग ५०, ग्याठ कोबी ६०, सेलेरी ९०, पार्सले १५०, सौफको साग ९०, पुदिना १५०, गान्टे मुला ७०, इमली १४०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २२०, सुकेको खुर्सानी ४३०,  हरियो खुर्सानी १५०, खुर्सानी हरियो (बुलेट) १५०, भेडे खुर्सानी १६०, हरियो लसुन १२०, हरियो धनिया ५०, चाइनिज सुकेको लसुन २५०, नेपाली सुकेको लसुन १६०, छ्यापी हरियो ९०, रुख टमाटर १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, झोले स्याउ २२०, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २४०, अनार २८०, हरियो अंगुर १४०, कालो अंगुर २२०, भारतीय सुन्तला १२०, हरियो तर्बुजा ४५, मौसम १४०, जुनार २५०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ५०, चाइनिज नासपाती २००, नेपाली मेवा ७०, भारतीय मेवा ८०, किनु १००, स्ट्रबेरी २५०, किवी ४००, अमला ८० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: