काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज डल्ले च्याउको मूल्य बढेको छ । डल्ले च्याउ ७० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी २५० रुपैयाँमा किनबेच भईरहेको छ ।
नेपाली ठूलो गोलभेडा ७० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ८० रुपैयाँ, भारतीय सानो गोलभेडा ७० रुपैयाँ र सानो गोलभेडा तराई ५० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४४ रुपैयाँ, भारतीय रातो आलु ३८ रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ७० रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, तराई गाजर २५ रुपैयाँ, लोकल बन्दा १८ रुपैयाँ, बन्दा नरिवल १८ रुपैयाँ, स्थानीय काउली १० रुपैयाँ, स्थानीय काउली (ज्यापु) २० रुपैयाँ, रातो मुला ४५ रुपैयाँ, सेतो मुला (हाइब्रीड) २५ रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो २५, तने बोडी ७०, मटरकोशा ७० रुपैयाँ, लोकल घ्यु सिमि २०, हाइब्रिड घ्यु सिमि २०, घ्यु सिमि राजमा ९०, टाटे सिमि ४० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला ९०, लौका ६०, परवर लोकल ८० रुपैयाँ, घिरौला ६०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) २५, हरियो फर्सी (डल्लो) २५, सलगम ७०, भिण्डी ९०, बरेला ३०, स्कुस ४० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ५० रुपैयाँ, पालुंगो १०० रुपैयाँ, चम्सुरको साग १०० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ मेथीको साग १०० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ३०, बकुला ३०, कन्य च्याउ ९०, डल्ले च्याउ २५०, कुरिलो ४००, न्युरो ७०, ब्रोकाउली ४०, चुकन्दर ५०, सजीवन १२०, रातो बन्दा ४०, जिरीको साग ५०, ग्याठ कोबी ५०, सेलेरी ७०, पार्सले १००, सौफको साग १००, पुदिना १००, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २२०, सुकेको खुर्सानी ४३०, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, माछे खुर्सानी ८०, भेडे खुर्सानी ११०, हरियो लसुन १२०, हरियो धनिया ४०, चाइनिज सुकेको लसुन २६०, नेपाली सुकेको लसुन १८०, छ्यापी हरियो ९० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, झोले स्याउ २२०, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २४०, अनार २५०, हरियो अंगुर १४०, कालो अंगुर २००, भारतीय सुन्तला १२०, हरियो तर्बुजा ४०, मौसम १४०, जुनार २५०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ६०, हाइब्रिड काक्रो ३०, चाइनिज नासपाती २००, नेपाली मेवा ७०, भारतीय मेवा ८०, किनु ९०, स्ट्रबेरी २५०, अमला ८० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्