×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घुससहित पोखरा महानगरकी सब-इन्जिनियरसहित २ जना पक्राउ

PRIME CA

घुससहित पोखरा महानगरकी सब-इन्जिनियरसहित २ जना पक्राउ

२९ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । पोखरा महानगरपालिकाकी सब–इन्जिनियरसहित २ जना पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस लिँदै गर्दा महानगरपालिकाको नक्शा शाखामा कार्यरत उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा महानगरकी सब–इन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवर रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोग गण्डकी प्रदेश कार्यालयबाट खटिएको टोलिले रोकायालाई मालेपाटनबाट र कुँवरलाई महेन्द्रपुल नजिकबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट सेवाग्राहीसँग लिएको एक लाख ५० हजार रुपैयाँ पनि बरामद गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार उनीहरुले घर सम्पन्न प्रमाणपत्र दिनका लागि उक्त घुस लिएका थिए ।

हाल उनीहरुमाथि थप अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: