काठमाडौँ । अर्घाखाँची सिमेन्टले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले कुल चुक्ता पूँजीको १२ प्रतिशतका दरले आईपीओ जारी गर्ने तयारी गरेको हो ।
आईपीओ निष्कासनका लागि कम्पनीले एनएमबी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता-पत्रमा अर्घाखाँची सिमेन्टका तर्फबाट चिफ फाइनान्सिएल अफिसर राजु पौडेल र एनएमबी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन् ।
आईपीओ निष्कासनका लागि कम्पनीले थप प्रक्रिया अगाडि बढाइसकेको छ । कम्पनीका अनुसार आईपीओ प्रिमियम वा बुक बिल्डिङ विधिबाट निष्कासन हुनेछ ।